देउवाले सुदुरपश्चिम प्रदेशको राजधानी डडेलधुरामै सार्ने यस्तो सुनाए कथा

-

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी डडेल्धुरा ल्याउन सकिने बताएका छन् । । प्रधानमन्त्री देउवाले आज डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभामा बोल्दै यस्तो बताएका हुन ।

प्रधानमन्त्री देउवाले कांग्रेसका सबै उम्मेदवारलाई जिताए संरचना बनाएर राजधानी डडेल्धुरा ल्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, भोली पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु,’ उनले भने । देउवाले डडेल्धुरामा संरचना नहुँदा राजधानी बनाउने भनेर दिएको वाचा पूरा गर्न नसकेको उल्लेख गरे । सुदूरपश्चिमको राजधानी अहिले धनगढीमा छ।

देउवाले देशको विकास गर्ने पार्टी कांग्रेस मात्रै भएको बताउँदै समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य