समाजवादीको लहर देखेपछि आत्तिएका जमातको यस्तो फण्डा

Categories:

-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको तर्फबाट बुढानीलकण्ठ १२ को वडाध्यक्ष उम्मेदवार बनेका पुरूषोत्तम नेपालको लोप्रियता बढेपछि उनको विपक्षीहरुले अनेक खालको फण्डा निकाल्न थालेका छन् ।

विपक्षी दलका ब्यक्तिहरुले समाजवादीका सबै मान्छेहरु नेकपा एमालेमा समाहित भयो भन्दै नकारात्मक प्रचारप्रसार गर्दै हिडिरहेको नेकपा एकीकृत समाजवादी बुनपा १२ वडा कमिटि अध्यक्ष रामशरण सापकोटाले बताए ।

अहिलेको अवस्थामा समाजवादीको तर्फबाट नगरपालिका मेयर उपमेयरदेखि केही वडामा जीतको  शक्तिशाली माहौल बनेको देखिएको छ ।

नेकपा एकीकृत समाजवादी बुनपा १२ वडा कमिटि अध्यक्ष रामशरण सापकोटाले भने समाजवादीको संगठनमा राम्रा, सक्रिय, सृजनशील नेता कार्यकर्ता समाजवादीमै रहेका  कारण विपक्षीहरु तर्सिका छन् ।

समाजवादीको सकृयता देखेर तर्सिएकाहरुले जनतामा अफबाह फैलाउने कार्य अहिले गरिरहेका छन् । उनीहरुले त्यसैका कारण विभिन्न खालको नकारात्मक टिकाटिप्पणी गर्दै समाजावदीप्रति जनताको वितृष्ण जगाउने काममा लागिरहेका छन् । यस्तो खालको कुप्रचारको पछि   नालग्न सापकोटाले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य