काठमाडौँ । मतदान गर्ने मिति जेष्ठ ३० गते नजिकिँदै जादाँ चुनावी प्रचारप्रसार तिब्र भइरहेको काठमाडौँको उत्तरीभेगको नगरपालिका बूढानीलाकण्ठ नगरपालिकामा उमेद्द्वारको शैक्षिक योग्यताको सवाल खरो रुपमा उठेको छ । गत निर्वाचनमा कलम बलियो कि तलवार बलियो ? भन्ने मूल नाराका साथ आफ्नो चुनावी माहौल तताएका नेकपा एमालेका लागि यसपटक त्यही नारा घाडो सावित हुन थालेको छ । यसको कारण हो मेयरका उम्मेदवारको शैक्षिक योग्यता ।
बुढानिलकण्ठ नगरपालिकामा एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीको शैक्षिक योग्यताको विषय यतिखेर विपक्षीहरूलाई बिरोधका लागि दह्रो चुनावी मसला भएको छ । यति मात्र नभई गुण्डा नाईकोका रुपमा परिचित मिलन गुरुङ( चक्रे मिलन)सँगको उठबसका कारण पनि उनको चर्को आmोचना हुने गरेको छ ।
मेयरका उम्मेदवार अधिकारीको शैक्षिक योग्यता टेष्ट पास भनिए पनि उनले खासमा कक्षा ८ मात्र पासर गरेको चर्चा यतिखेर बुढानिल्कण्ठमा चलिरहेको छ । काठमाडौँको शक्तिशाली नगरमध्ये एक नगरपालिकाको रुपमा रहेको बढानिल्कण्ठलाई हाँक्ने ब्यक्ति नै अण्डर एसएलसी भएपछि उसले कसरी नगरलाई विकासको बाटोतिर लैजालान भन्ने अहिले यक्ष प्रश्न उठ्ने गरेको छ । यही विषयलाई लिएर अहिले त्यहाँ चर्चापरिचर्चा चल्ने गरेको छ ।
यही कारण अहिले कपन गाविसका पूर्व अध्यक्षसमेत रहेका अधिकारीलाई चुनावी मैदानमा अन्तर्वार्ता तथा भाषण गर्न पनि बन्देज लगाइएको छ । उनले पार्टीको एजेण्डालाई जनतामाझ राख्दा ढंग नपुर्याउने पार्टीको ठम्याइका कारण यो अवस्था आएको उनी निकटटका ब्यक्तिहरुले बताउन थालेका छन् ।
डिजिटल युगमा स्मार्ट नगरको परिकल्पना गर्दै बिकासको मुल फुटाउने कुरा भइृरहेको अहिलेको अवस्थामा १० कक्षासम्म पनि नपढेको र उमेरले ६० काटीसकेका मान्छेलाइ मेयर बनाउँदा नगरको विकास शुन्य हुने मत उनी निकटकैले प्रकट गरिरहेका छन् । एमालेभित्र पनि उनको शैक्षिक योग्यताका विषयलाई लिएर उको चुनाव प्रचारमा स्थानीयहरुले सकृयता देखाएका छैनन् ।
बुढानिलकण्ठवासी जनताहरुले सामाजिक सञ्जालमा पोखेका कुण्ठालाई हेर्ने हो भने उनीहरुको मत शिक्षित र युवालाइ मेयर बनाईनुपर्ने माग रहेको थियो । तर, त्यसो हुन सकेन । उनै अधिकारीले मेयर पदको टिकट हत्याउन सफल भए उनलाई मेयरको टिक दिएपछि एमालेले १० कक्षासम्म पास नगरेको मान्छेलाइ टिकट दिएर जनताप्रति पनि अवहेलना गरेको भन्दै सामाजिकसन्जालमा राष प्रकट गर्नेहरु धेरै नै भेटएका छन् ।
बुढानिलकण्ठको मेयर पदका लागि अन्य दलहरुले भने शिक्षितहरूलाई नै टिकट दिएका छन् । यसरी शिक्षित उम्ेदवार उठाउँनेमा काँग्रेसबाट विनोद चालिसे(एमए, बिएड), समाजवादीका बालकृष्ण श्रेष्ठ(बिए), नेकपा माओवादी (केन्द्र)का डम्बर अधिकारी(आइए), विवेकशील साझाकी उर्मिला भुर्तेल(बिए) तथा राप्रपाकी निना भेटवाल(आइए) शैक्षिक योग्यता रहेको छ । दलले मात्र नभई स्वतन्त्र रुपमा मेयर उठेका सुमित खरेल समेतले बिए पास गरेका छन् ।

