काठमाडौ । पाँच वर्षसम्म वडाको जिम्मेवारी बहन गरेर फेरी पनि वडाअध्यक्षकै उम्मेदवार बनेका एक उम्मेदवारको बदमासी एकपछि अर्को हुँदै बाहिर आईरहेको छ ।
बहुबिाहको काण्ड सेलाउन नपाउँदै उनले गरेका अर्को काण्डको रुपमा बुलेटिन छपाईमा गंभीर त्रुटी गरेको भेटिएको हो ।
बुढानिल्कण्ठ नगरपालिका वडा नं. १२ का उम्मेदवार शम्भुप्रसाद भट्टराईले पाँच वर्षे कार्यकालको प्रगति प्रतिवेदन छपाई गर्दा उनले त्यहाँ विभिन्न खालको त्रुटी गरेका छन् ।
उनले खर्च विवरणमा विभिन्न शिर्षकामा भएगरेका खर्च विवरण राखेका छन् । तर, त्यो सबै हजार र सयमा मात्र सिमति राखेको छ । त्यति बजेटमा केही पनि हुने देखिदैन । उदाहरणको लागि जस्तो कि वडाभित्र रहेका विकास निर्माण लगायतका बिभिन्न कार्यक्रमको मिडिया एक्सप्रेसका लागि ३०० खर्च देखाएका छन् । त्यति रकमले केही होला जस्तो कसैलाई विश्वास लाग्ने आधार देखिदैन । त्यस्तै अपाङ्ग मैत्री स्वरोजगार कार्यक्रम २५० मा गरेको भनिएको छ ।
यस्तै जनतासँग जनप्रतिनिधि कार्यक्रम ४०० मा गरेको भनिएको छ । उनले विभिन्न शिर्षकमा विभिन्न खालको अपार्दशी खर्च देखाएका छन् ।

यहिँ त्रुटी पूर्ण बुलेटिन निर्वाचन आचार सहिदा विपरित वडा बासीलाई बाडिएको समेत् हामीले भेटेका हौ ।


