मकवानपुर । नेकपा एकिकृत समाजवादी पार्टी परित्याग गरिएको भनेर प्रचार गरिएका भिमफेदी गाँउपालिकाका स्थायी बासिन्दा देवलाल गोलेले आफु एकीकृत समाजवादीमै रहेको बताएका छन् । उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठवन्धनकै उमेद्वार जिताउन लागि पर्ने बताएका छन् ।
विपक्षीहरुले फैलाएको भ्रममा नपर्न गोलेले सबैलाई आग्रह गरेका छन् । बु्धबार एक वक्तव्य जारी गर्दै गोलेले आफ्नो किर्ते दस्तखत सहित चुनावी प्रपोगान्डा गरिएको आरोप लगाए । उनले वक्तव्यमा भनेका छन्,‘भिमफेदीमा रहेका एमाले पार्टीका उमेद्वारहरुले आफुलाई निर्वाचनमुखी फाइदाको लागि मेरो फोटो र किर्ते कागजात सहित विभिन्न मिडीया तथा सामाजिक सञ्जालमा गलत प्रचारप्रसार भएको विषयमा गम्भिर ध्यानाकर्षण भएको छ, यस विषयमा म खेद प्रकट गर्दछु । ’
उनले अगाडि भनेका छन्, ‘मेरो आस्था र विश्वास बमोजिम समाजमा अग्रगामी परिवर्तन गर्न सक्ने दल नेकपा एकिकृत समाजवादी नै हो । ’
उनले आफुले अनुसासन र आचारसंहितामा रही पार्टीको पक्षमा काम गरिरहेको र आगामी चुनावमा भिमफेदीमा प्रभाव गुम्ने त्रासले विपक्षीहरु यस्तो हल्लामा लागेको प्रष्ट पारे ।


