आठ ओटा बम राखेको हल्ला चलेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा कडा सुरक्षा

-

काठमाडौ । अपरिचित ब्यक्तिले आठओटा बम राखेको भन्दै फोन गरेपछि अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा उक्त बस्तुको खोजी कार्य शुरु भएको छ ।

एक्चेन्जमा फेन गरेर ती ब्यक्तिले बम राखेको बताएपछि त्यहाँ यात्रुहरुलाई बाहिर निकाली सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेका छन् । विमानस्थलमा खटिएका प्रहरीका अनुसार अवतरण गर्न दिइएको छ भने उडानहरु सबै रोकिएको छ ।

सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको छ । सबैतिर जाँच गर्दा शंकास्पद वस्तु नभेटिएको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य