Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

चोरेर ल्याएको १ किलो सुनसहित बाँकेबाट युवक पक्राउ

भर्खरै

बाँक। बाँकेको खजुरा गाउँपालिका–२ स्थित एलगाउँबाट करिब १ किलो सुनको गहना सहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–१ पिमी कैलाश घर भएका २८ वर्षीय लोकबहादुर सिंहलाई छन् ।

सिंहको साथबाट भारतको बैंग्लोरबाट चोरेर ल्याएको ८०२ ग्राम ७३ मिलिग्राम सुनका गहना बरामद गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।

इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा सिंहलाई चेकजाँच गर्दा सो सुन फेला परेको थियो ।

बैंग्लोरमा चारजना मिलेर सो सुन चोरेको आरोपीले प्रहरीसँग बताएका छन् । चोरीमा दुई जना भारतीय र दुई नेपाली संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

इन्टरपोलमार्फत भारतमा सुन धनीलाई खबर गरिने एसपी अधिकारीले बताए । आरोपीलाई प्रहरीले अहिले अभद्र व्यवहार मुद्दामा हिरासतमा राखेको छ ।

आरोपीको साथबाट सुनको हार, मंगलसुत्र, बाला, दाना, झुम्की, रामलीला, ब्रासलेट, कानपासा, औंठी, टप, फुली, टुक्राहरू पत्थर र माला बरामद गरिएको छ । सो सुन वैशाख ४ मा भारतको बैंग्लोरस्थित सुन पसलबाट चोरेर अरोपीले नेपाल ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष