23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

रामेश्वर श्रेष्ठलाई सम्मानित नेता खनालको साथ

सम्बन्धित खबर

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट काठमाडौ महानगरपालिकाको उपमेयर पदका उम्मेदवार रामेश्वर श्रेष्ठले चुनावी प्रचारप्रसारलाई व्यापक बनाउनुभएको छ । उहाँले आज मात्रै काठमाडौ महानगरपालिकाभित्र रहेका विभिन्न वडामा गएर आफ्नो प्रचार कामलाई तिब्रता दिनुभएको हो ।

आज बिहान काठमाडौ महानगरपालिका अन्तर्गत वडा नं. २० र २३ मा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो । यस्तै वडा नं. १३ अन्र्तगत कालीमाटी तरकारी बजार क्षेत्रमा अन्तरकृयात्मक कार्यक्रम भएको थियो ।

त्यसक्रममा श्रेष्ठले महानगरपालिकाभित्र गर्नुपर्ने विकासका विभिन्न मोडालिटी प्रस्तुत गर्नुभएको थियो । चुनावी अभियानकै क्रममा डल्लु क्षेत्र पुगेका श्रेष्ठको समूहलाई नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्वागत गर्नुभएको थियो ।

गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवार बन्नुभएका श्रेष्ठलाई सम्मानित नेता खनालले जितको शुभकामना दिदै औसला प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष