Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

निर्वाचनलाई लक्षित गर्दै बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

भर्खरै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव कमरेड नेपालद्वारा हिजो (सोमबार) एक विज्ञप्ति जारी गर्दै २ दिन नेपाल बन्द गर्ने घोषण गरेको हो ।

चुनाव बहिष्कारको घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरिएको छ । तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको घोषणा गरेको हो । निर्वाचनको दिन वैशाख ३० गते सरकारले नै सवारी साधन सञ्चालनमा रोक लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष