29.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

राहुल एलओडीमा पुग्दा भारतमा हंगामा

सम्बन्धित खबर

काठमाडौँ । भारतीय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी काठमाडौस्थित एलओडी (लर्ड अफ द ड्रिङ्क्स) क्लबमा पुग्दा भारतमा हंगामा मच्चिएको छ ।

उनी यतिखेर व्यक्तिगत जीवन जिउदै काठमाडौमा रमाईरहेका छन् । त्यही कुरलाई लिएर भारतमा भने ब्यापक चर्चा चलिरहेको छ ।

भाजपा प्रवक्ता शहजाद पूनावालाले भने, ‘राहुल गान्धीले के गरिरहेका छन्, यो उनको नीजि मामिला हो । तर जब राजस्थानको जोधपुरमा हिंसा भइरहेको छ, राजस्थानमा कांग्रेसको सरकार छ, राजस्थान जलिरहेको छ । यसमाथि चिन्ता व्यक्त गर्नुको साटो राहुल गान्धी नेपालको नाइटक्लबमा पार्टी गरिरहेको देखिएका छन् । जबकी उनी भारतका जनतासँग उनीहरुको समस्याबारे जान्न अग्रसर हुनुपर्दथ्यो ।’

पूनावालाले थपे, ‘कांग्रेस पार्टी ध्वस्त भइसकेको छ तर राहुल गान्धीको पार्टी यसरी नै चलिरहनेछ । उनी राजनीतिमा गम्भीर छैनन् । जब उनको पार्टी र देशका जनतालाई उनको आवश्यकता छ, उनी नेपालमा पार्टी गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष