spot_img
23.1 C
Kathmandu
Friday, June 13, 2025
spot_imgspot_imgspot_img

सानै उम्मेरमा भ्रष्टाचार काण्डमा डामिए उपमेयरका उम्मेदवार सुनिता डंगोल

-

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राजीनितक नियुक्ति खाएको विषयले काठमाडौ महानगर पालिकाका उपमेयरका उम्मेदवार सुनिता डंगोललाई यतिखेर गंभीर झट्का लागेको छ ।

काठमाडौ महानगरपालिकाका उपमेयरका उम्मेदवार सुनिता डंगोलविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर काठमाडौं महानगरपालिकामा नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेको छ ।

नेकपा एमालेबाट उपमेयरको टिकट पाएकी सुनिताले नक्कली शैक्षिकप्रमाणपत्र पेश गरेर विज्ञ सल्लाहाकारको नियुक्ति लिएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

सुनिताले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटेर ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ । सानै उमेरमा भ्रष्टाचारीको आरोप लागेका सुनिताले अब यस मुद्धालाई कसरी पार लगाउलान त्यो चाही हेर्न बाँकी छ ।

काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्ने प्रावधान रहेको छ
। तर सुनिताले समाजशास्त्र विषयमा स्नातक गरेकी थिईन । यसरी मिल्दै नमिल्ने विषयमा स्नातक गरेकी सुनितालोे कसरी त्यो पद हत्याउन सफल भईन भनेर अहिले चर्को आलोचना भईरहेको छ । सुनितामाथि गैरकानूनी रुपमा आर्थिक लाभ लिएको आरोप छ । उनीबिरुद्धको उजूरी १६ वैशाखमा दर्ता गरिएको छ ।

आयोगमा दर्ता भएको उजूरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गरिएको छ ।

सुनितामाथि अख्तियारमा परेको उजुरीको दर्ता नम्बर सी.०३२५३१, ०७९ ०१ १६, १५२६२३८५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग