10.1 C
Kathmandu

ईदले सभ्य, समुन्नत र समृद्ध समाज निर्माणमा प्रेरणा प्रदान

-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चाड पर्वले संस्कृति र परम्परा तथा संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त । राष्ट्रपति विद्यादेवी भण्डारीले चाड पर्वले संस्कृति र परम्परा तथा संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मंगलवार इस्लाम धर्मावलम्बीहरूको महान चाड ईदको अवसरमा शुभकामना सन्देश दिँदै चाड पर्वले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको भावना सुदृढ गर्न टेवा पुर्याउने उल्लेख गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा ईदको सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

“ईद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पु¥याएको छ”, सन्देशमा भनिएको छ, “इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै ईदको अवसरमा मान्यजनबाट आशिर्वाद लिने एवं आपसमा खुशी आदानप्रदान गर्ने प्रचलनले नेपाली संस्कृतिमा अन्तर्निहित प्रबल मानवीय पक्षलाई प्रतिविम्वित गर्दछ ।”

सन्देशमा विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्यको रूपमा रहिआएको उल्लेख गर्दै भनिएको छ, “मुलुकमा रहेका अनेकौँ जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको एउटै मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ, संविधानको यस पवित्र भावनालाई आत्मसात् गरी नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।”

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य