काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०कपन क्षेत्रको डन स्कूलको परिचय बनाएको जोसेफ हाई स्कूलको अर्को कर्तुत बाहिरिएको छ । पावरको हबला दिँदै विद्यार्थी र अभिभावकलाई सताउने जोसेफले यस पटक भने गम्भिर गल्ति गरेको छ ।
आईतबार परीक्षा दिन आएका एक छात्रलाई २ घण्टा परीक्षा दिनबाट बञ्चित गरेपछि जासेफको अर्को कर्तुत बाहिरिएको हो । परीक्षाबाट बञ्चित मात्र गरेन अनावश्यक मानसिक यातना समेत दिएको खुलेको छ ।
तीन घन्टाको पारिक्षयामा १ घण्टामात्र मात्र परीक्षा दिन पाएका त्यी छात्रको रिजल्टको जिम्मा कसले लिने ? भन्ने गम्भिर प्रश्न उठेको छ । यसै सन्दर्भमा स्कूलका प्रिन्सिपल सुर्य अधिकारले उक्त घटना भएको पुष्टि गरेका छन् । घटना बाहिर आए पछि गुपचुक मिलाईएको बुझिएको छ ।
शिक्षा पत्रकार लक्ष्मि ढकालले जोसेफ स्कूलले एसईई परीक्षा दिन आएका छात्रलाई २ घन्टा हल बाहिर स्कूलको बाहिरी ग्राउण्डमा राखेको भन्दै आफ्नो अफिसियल फेसबुकमा पोष्ट गरेका छन् ।
प्रिन्सिपल अधिकारी मानबअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशन नेपाल पूर्व अध्यक्ष हुन् । मानव अधिकारको क्षेत्रमा खोक्रो सिद्धान्त अरुलाई पढाउन भ्यानउने अधिकारीले भन्ने यस घटनालाई सामान्य रुपमा लिएका छन् ।
रातोसूर्यसंगको कुराकानीमा अधिकारीले उल्टै विद्यार्थीको दोष देखाउँदै हामीले परीक्षाबाट रेष्टिकेट गर्न सक्यौ । तर, पनि उसलाई केही समय भए पनि परीक्षा दिने वातावरण दियौँ भन्ने कुतर्क गरेका छन् ।
अधिकारी भने, ‘सो विद्यार्थीले परीक्षा हलमा होहल्ला र अन्य परीक्षार्थीलाई असर पर्ने खालको गतिविधि गरेका कारण परीक्षा हल बाहिर उभ्याएका हौँ । त्यसमा हामीले गलत गरे जस्तो लाग्दैन । तर, पनि उसलाई पछि पुनः परीक्षामा सामेल गराएउ ।’
जोसेफको यस खालको गतिविधि यो पहिलो भने होइन । बेला बेलामा नियमन निकायलाई प्रभावमा राखेर विद्यार्थी र अभिभावकलाई सताउदै आएको छ । केही वर्ष अगाडीको एसएलसी परीक्षाको सेन्ट्रर राख्ने क्रममा अर्को विद्यालयसंग पैसा बार्गेनिङ्ग गरेको खबर सार्वजनिक भएको थियो । भने जोसेफका भाईस प्रिन्सिपल जे.बी. (दीपक) अधिकारीलाई त्यातीबेला निष्काशन भएका थिए ।
जोसेफमा बाबा बो. स्कूल, एपेक्सलाइफ स्कूल, अदर्श ई मा.वि., डयाफोडिल पब्लिक स्कूल, काठमाडौँ विद्या मन्दिर, सेन्ट लरेन्स मा.वि., साइपल एकेडेमी, विद्यासंस्कार मा.वि. र हाम्रो सनसाइन स्कूलको एसईई परीक्षा सेन्ट्रर रहेको छ ।
विद्यार्थीलाई परीक्षा दिन सहज गराउछु भन्दै परीक्षाकेद्र परेका स्कूलले एसईई दिने स्कूलबाट मोटो रकम लिने कुरा बेला बेलामा आउने गरेको छ । यस्तो प्रकृतिको घटनाको पात्र बनिसकेको जोसेफले रेडिमेट बाहाना निकाल्दै विद्यालयसंगको डिलका कारण विद्यार्थीलाई परीक्षाबाट बञ्चित गर्ने हर्कत गरेको आकलन गरिएको छ ।