काठमाडौँ: नेपाली कांग्रेस बूढानीलकण्ठ नगर कार्य समितिले बूढानीलकण्ठ नगरपालिकाका श्रमजीवी पत्रकार तथा सञ्चार माध्यमहरूलाई धन्यवाद दिएको छ ।
नगरमा कार्यरत पत्रकार तथा सञ्चार माध्यमहरूले नगर घोषणा पत्र बनाउनलाई आवश्यक सल्लाह सुझावहरू प्रदान गरेको र सल्लाह सुझाव घोषणा पत्रमा समावेश गर्न कांग्रेस प्रतिबद्ध रहेको लिखित पत्र दिएको छ ।
बुधवार नेपाली कांग्रेस बूढानीलकण्ठ नगर सचिव बिजेन्द्र पुडासैनीले धन्यवाद पत्र सञ्चारकर्मीहरूलाई दिदै सुझावहरू लिने तर धन्यवाद समेत नदिने पुरानो सोचलाई बूढानीलकण्ठ कांग्रेसले परिवर्तन गरेको र प्रतिबद्धता पत्रमा सबै पेशाकर्मीहरूका आवाजलाई सम्बोधन गर्दै छिटै औपचारिक कार्यक्रम गरि सार्वजनिक गर्ने बताए ।
बूढानीलकण्ठ नगरपालिकाका क्रियासिल पत्रकारहरूले बूढानीलकण्ठ पत्रकार समाज स्थापना गरि आफ्नो पेशाको हकहित तथा नगर विकास सुशासन तथा पर्यावरणका विषयमा सुझाव दिएका थिए ।