29.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

आगामी ३ दिन मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने,सतर्कता अपनाउन महाशाखाको आग्रह

सम्बन्धित खबर

काठमाडौं। नेपालका केही भूभागमा आगामी तीन दिन मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम विज्ञान पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

बुधबार प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने महाशाखाले उल्लेख गरेको छ।

त्यस्तै बिहीबार र शुक्रबार पनि पहाडी क्षेत्रका केही भागमा सामान्य बदली भए पनि अन्य भू-भागमा मौसम सफा रहने छ। अपरान्ह पछाडि गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पहाडी क्षेत्रमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा तथा तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्नआवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष