23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

पल शाह प्रकरणमा नाबालिकाका बुवाले पनि फेरे बयान

सम्बन्धित खबर

काठमाडौं । अभिनेता कलाकार पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने पिडित नाबालिकाका बुबाले पनि बायन फेरेका छन् । तनहुँ जिल्ला अदालतमा भएको बलपत्रमा आफुले सुनेको भरमा जाहेरी दिएको भन्दै उनले बयान फेरेका हुन ।

पिडित बालिकाले समेत २ दिन अगाडि आफुलाई पलले बलात्कार नगरेको र आफु मिल्ने साथी भएको बताएकी थिइन । बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।

उक्त मुद्धाको आधारमा नायक पल अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।

नाबालिक गायिकाले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यलय, तनहुँमा उजुरी दिएपछि नायक पल शाहले फागुण १५ गते प्रहरीसमक्ष आत्मसर्मपण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष