Wednesday, February 21, 2024
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

इन्द्रावतीमा युवतीको शव फेला, पहिचान खुलेन

सम्बन्धित खबर

काठमाडौं । इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ । करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव आज फेला परेको हो ।

दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ । उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो ।

शव फेला परेपछि प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज,दुवाकोट भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष