Wednesday, February 21, 2024
11.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

मावि तह शिक्षकको लाइसेन्स खुल्यो

सम्बन्धित खबर

काठमाडौं। शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ । आजदेखि बैशाख २९ सम्म इच्छुकहरुले फार्म भर्न सक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।

आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘शिक्षक सेवा आयोगको मिति २०७८।१२।२९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट मिति २०७८/१२।३० गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।’

दोब्बर दस्तुरको हकमा जेठ ५ भित्र दरखास्त भरी पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष