spot_img
13.1 C
Kathmandu
Friday, January 24, 2025
spot_imgspot_imgspot_imgspot_img

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा ४ महिनाकी बालिकाको मृत्यु

spot_img

-

भक्तपुर। भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाँचखाल नगरपालिका-१ की लोसाङ डोल्मा तामाङ रहेकी छिन्।

बालिकालाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो।

प्रदेश-०२-०२१प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान आफैं दुर्घटना हुँदा बालिकाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बिहान साढे ४ बजे साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको परिसरले जनाएको छ।

दुर्घटनामा बालिकाका बुवा २२ वर्षीय बुद्ध तामाङ र उनकी आमा २१ वर्षीय सुस्मिता तामाङ घाइते भएका थिए। उनीहरू डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि घर फर्केका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग