spot_img
13.1 C
Kathmandu
Thursday, January 23, 2025
spot_imgspot_imgspot_imgspot_img

सर्लाहीमा २०० बोरा चिनी बरामद

spot_img

-

सर्लाही। भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ । भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिए ।

कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टि चिनी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए । कन्टेनरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख काफ्लेले बताए ।

कन्टेनरका चालकलाई रु तीन लाख धरौटीमा छाडिएको भन्सार कार्यालयले जनाएको छ ।

धान सर्लाहीको हरिवनमा लिएर जाँदै गरेको चालकले बयान दिए पनि चिनीका बारेमा केही नबताएको भन्सार कार्यालयले जनाएको छ ।

भारतीय कस्टम सोनबर्षा र सीमामा खटिएको भारतीय सुरक्षाकर्मी एसएसबीले जाँच पास गरेको कन्टेनरबाट उक्त परिणाम बराबरको चिनी बरामद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग