सङ्खुवासभा। सङ्खुवासभाको पाँचखपन नगरपालिका नगर प्रमुख विपिन राईले आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन्। राईले प्रयोग गर्दै आएको को१झ ५४० नंको स्कार्पियो गाडी फिर्ता गरेका हुन्।
शुक्रबार गाडी र मोटरसाइकलको चाबी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरेका हुन्। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बहालवाला जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन्।
प्रतिक्रिया दिनुहोस्