13.1 C
Kathmandu

विदेश जाने विद्यार्थीले स्वदेशमै पढ्ने वातावरण बनाउनु पर्छ : राष्ट्रपति

Categories:

-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै पढाउने वातावरण बनाउनु पर्ने बताएकी छिन्

आज (शुक्रवार) उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा सुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी हुन् ।

नेपालबाट उच्च शिक्षाका लागि वर्षेनी हजारौँ विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै यसक्रमलाई रोकेर उच्चस्तरीय शैक्षिक संस्थाहरु निर्माण गरी विदेशी विद्यार्थीहरुको अध्ययनको गन्तव्य बनाउन सकिने उनले बताइकि छिन् ।राष्ट्रपति भण्डारीले विदेशी विद्यार्थीहरुलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्नसके शिक्षाको लगानी परिणाममा निकाल्न सकिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य