spot_img
22.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

तारकेश्वरमा आजदेखि टाइफाइड विरूद्धको खोप कार्यक्रम सुरु

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं । आजदेखि सुरु हुने राष्ट्रिय खोप कार्यक्रमबारे तारकेश्वर नगरपालिकाले हिजो एक अभिमुखिकरण कार्यक्रम गरेको छ ।

नेपाल सरकारले औपचारिक रूपमा आज देखि सुरु गर्न लागेको टाइफाइड विरूद्धको भ्याक्सीन टाइफाइबेभको खोप कार्यक्रमबारे तारकेश्वर नगरपालिका नगर स्वास्थ्य शाखाले हिजो पत्रकार अभिमुखिकरण गरी जानकारी दिएको हो।

तारकेश्वरमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाको संख्या २९ हजार ४ सय रहेका छन् । सबैभन्दा धेरै मनमैजुका ४ वडामा रहेका छन् ।

तारकेश्वर नगरपालिका भित्रका ११ ओटा वडामा रहेका सामुदायिक विद्यालय, संस्थागत विद्यालय र स्वास्थ्य केन्द्रहरुबाट टाइफाइड विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन्दैछ ।

सबै वडाहरुले विद्यालयका प्रतिनिधिहरु, स्वयमसेविका र उपभोक्ता समितिका प्रतिनिधि राखेर अभिमुखिकरण कार्यक्रम यस अघि नै गरिसकेको छ ।

एउटा खोप केन्द्रमा विद्यालयको शिक्षक १ जना, स्वयमसेविका १ जना र खोप लगाउने स्वास्थ्यकर्मी १ जना गरी ३ जनाको समुह बनाएको कुरा नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले बताए ।

तारकेश्वर नगरपालिकाभित्र ११४ ओटा खोप केन्द्रमा एकै साथ कार्यक्रम सुरु हुन लागेको हो । विद्यालयमा विद्यार्थीहरुलाई खोप कार्यक्रमका दिन अभिभावकहरुलाई पनि विद्यालयले जानकारी दिनुपर्नेछ । खोप लगाएपछि आधा घण्टासम्म खोप केन्द्रमा आराम गर्न नगर स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य संगठनबाट सर्टिफाइड खोप १ जनाले एकपटक लगाएपछि जीवनभर लगाउन पर्दैन । यो खोपले ९७ प्रतिशत सुरक्षा गर्नेछ । वैशाखदेखि टाइफाइड विरूद्धको खोपलाई नेपाल सरकारले अनिवार्य खोप कार्यक्रममा राखेको हुँदा सबैले अनिवार्य लगाउनुपर्नेछ ।

टाइफाइड विरूद्धको भ्याक्सीन लगाएपछि हल्का ज्वरो आउने, खोप लगाएको ठाउँमा रातो हुने लक्षण कोही कोहीमा देखा पर्न पनि सक्छ तर त्यसले केही पनि असर गर्र्दैन । टाइफाइड विरूद्धको खोप लगाएपछि आधा घण्टासम्म खोप केन्द्र मै बस्दा राम्रो हुनेछ ।

यो खोप वैशाखदेखि अनिवार्य खोपमा राखेर सञ्चालन गर्न नेपाल सरकारले अनुरोध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग