नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

Categories:

-

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले पौडेललाई नियुक्ति गरेको हो।

टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सूचना तथा प्रसारण मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले तीन जनालाई सिफारिस गरेको थियो। सिफारिस गरेकामध्ये पौडेललाई नियुक्ति गरिएको हो । पौडेल नेपाल टेलिकमसँग सम्बन्धित व्यक्ति भने होइनन्।

अर्याल नेतृत्वको समितिले पौडेलसहित पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य र कम्पनीकै वरिष्ठ कर्मचारी संगीता पहाडीको नाम सिफारिस गरेको थियो। यसअघिका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल समाप्त भएसँगै गत पुसदेखि टेलिकम नेतृत्वविहीन थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य