18.1 C
Kathmandu

राष्ट्रपति द्वारा तेजाब तथा यौन हिंसासहित महत्वपुर्ण पाँचवटा अध्यादेश जारी

Categories:

-

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँच वटा अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा पाँच वटा अध्यादेश जारी भएको हो।

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य