spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

सिन्धुलीका सांसद पहाडीलाइ आमाचकारी गाली गर्दै आफ्नै कार्यकर्ताले लखेटे

spot_imgspot_imgspot_imgspot_img

-

 काठमाडौँ ।हावामहलको सपना बाँडदा आफ्नै कार्यकर्ताले नेकपा एमाले  सिन्धुली क्षेत्र नं १ का सांसद गणेश पहाडीलाई आमाचकारी गाली गर्दै  कार्यक्रम स्थलबाट आज लखेटेका छन ।

अधिकाम्स समय राजधानीमा बसेर सिन्धुली क्षेत्र नं १ को राजनीति गर्दै आएका सांसद पहाडी चुनाव नजिकिएसँगै पछिल्लो समय आफ्नो क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी भइरहेका थिए । सोही क्रममा आज तीनपाटन गाउँपालिका वडा नं ९ को आम्बोटेमा कार्यक्रममा सहभागी भइरहँदा सांसद पहाडीलाई आफ्नै पार्टीका कार्यकर्ताहरूले आमाचकारी गाली गर्दै कार्यक्रम अवरुद्ध गरेका  थिए।

सांसद पहाडी बोल्ने क्रममा युवा संघका स्थानीय नेताहरूले झुटो आश्वासन बाँडेको, चुनावको बेला मात्र गाउँ आउने गरेको, जनताको पक्षमा काम नगरेको भन्दै विरोध गरेका थिए। सांसद पहाडीलाई आफ्नै कार्यकर्ताले आक्रमणको प्रयास गरेपछि उनलाई उच्च सतर्कता सहित सदरमुकाम पठाइएको बुझिएको छ।

सांसद पहाडी २०७० को संविधानसभा निर्वाचन र २०७४ को संघीय निर्वाचनमा लगातार दुईपटक सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। दुई-दुईपटक जनप्रतिनिधि बन्दा समेत उनले काम गर्नुको साटो जनतालाई हावामहलको सपना बाँडेपछि आम मतदाता उनीसँग क्रुद्ध छन ।

पहाडी दोश्रोपटक भएको प्रतिनिधिसभा विघटनमा केपी ओलीलाई साथ दिँदै सामान्य प्रशासन मन्त्री समेत भएका थिए। १३ दिन मन्त्री भएका उनी सहित २० जनालाई पछि सर्वोच्च अदालतले असंवैधानिक भएको भन्दै बदर गरिदिएको थियो। पहाडी नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग