spot_img
23.9 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

कौडेना गाउँपालिकामा अख्तियारको छापा

spot_imgspot_imgspot_imgspot_img

-

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मंगलबार छापा मारेको छ । कोरोना संक्रमितलाई राहत बाँडनका लागि आएको पैसा हिनामिना भएको उजुरी परेपछि अख्तियारको टोलीले गाउँपालिकामा छापा मारेको हो।

७ सय ४२ कोरोना संक्रमित विपन्न परिवारलाई राहत बाँड्नका संघीय सरकारबाट ७४ लाख २० हजार रकम आएको थियो । त्यसबाट १२ लाख रुपैयाँ गाउँपालिकाले अन्य शीर्षकमा खर्च गरेको उजुरी अख्तियारमा परेको थियो ।

‘के कति रकम अन्यत्र खर्च भएको त्यो हामी छानबिन गर्छौं, कागजातहरु हामीले नियन्त्रणमा लिएका छौं,’ उनले भने। ७ सय ४२ जना कोरोना संक्रमित विपन्न परिवारलाई वितरणका लागि संघीय सरकारबाट पालिकामा ७४ लाख २० हजार रकम आएको लेखा अधिकृत हरिनारायण साहले बताए ।

त्यसबाट १२ लाख कोरोना संक्रमण नियन्त्रणका लागि खटेका कर्मचारीलाई तलबस्वरुप पालिकाले दिएको छ । ‘पछि सोध भर्ना हुने गरी पालिकाले त्यो रकम चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग