Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित दुईजना पक्राउ

भर्खरै

महोत्तरी। महोत्तरीबाट प्रहरीले श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित ्दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको औराही नगरपालिका १ स्थित बर्दिबास जलेश्वर सडक खण्डबाट प्रहरीले सोही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय धीरजकुमार यादवलाई श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित पक्राउ गरेको हो । यादवसहित सोही ठाउँ बस्ने १८ वर्षीय रमेशकुमार सहनीलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए ।

उनीहरुको साथबाट ज ९ प ८२४७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको पंगेनीले बताए । बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जलेश्वर पठाइएको पंगेनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष