spot_img
8.1 C
Kathmandu
Thursday, January 16, 2025
spot_imgspot_imgspot_imgspot_img

रौतहटमा दोहोरो झडप: काँग्रेस नगर सभापति र एमाले वडा अध्यक्षसहित ११ जना पक्राउ,केही राउन्ड गोली प्रहार

spot_img

-

रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका-९ मा दुई पक्ष बीच झडप हुँदा पाँच जना घाइते भएका छन् । पुरानो रिसिबीका कारण नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव र एमाले समर्थित वडा अध्यक्ष जगरनाथ यादव पक्षबीच झडप भएको स्थानिय बासिले जनाएका छन् ।

काँग्रेस पक्षका फेंकु यादवको श्रीमती अनर्वा देवी र एमाले पक्षका पुनीत रायकी श्रीमतीबीच शनिबार दिउँसो भनाभन हुँदै सुरु भएको विवाद दुई पक्षबीच झडपमा परिणत भएको थियो । झडपमा परेर वर्ष ६० का फेंकु यादव, ५८ वर्षीय रामबाबु यादव, ५५ वर्षीया अनर्वा देवी, चुनचुन यादव र २५ वर्षीय रवीन्द्र यादव घाइते भएका छन् । घाइते मध्ये टाउकोमा चोट लागेका रामबाबु यादवको नेशनल मेडिकल कलेज वीरगन्ज र बाँकीको गरुडा स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।घटनामा संलग्न रहेको आरोपमा नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव, वडा अध्यक्ष जगरनाथ यादवसहित दुवै पक्षका गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोनाही गाउँमा थप घटना हुन नदिन व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।

राम अयोध्या यादव र जगरनाथ यादव पक्ष बीच शनिबार भएको झडपको क्रममा एउटा पक्षबाट केही राउन्ड गोली प्रहार भएको कुरो आएको छ । त्यसबारे हालसम्म पुष्टि नभएको तथा थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग