spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

टोखा नगर वासीलाई खुसीको खबर: बिरामीलाइ रगत लिग्दा कुनै शुल्क नलाग्ने

spot_img

-

काठमाडौँ । रगत कतिबेला आवश्यक पर्दछ यसको सामान्य जवाफ दुर्घटना परेको बेलामा अथवा शरीर अस्वस्थ भएको बेलामा रगत मानिसलाई आवश्यक पर्दछ । यस्तो अवस्थामा बिरामीका आफन्तलाई सदैव समस्या हुने गर्दछ एक त् बिरामी अस्पतालमा हुन्छ भने अर्को आफ्नो बिरामीलाई चाहिएको रक्त समूह पाउन मुस्किल त्यति मात्र होइन  रगत पाई हाल्यो भनेपनि निशुल्क दान बापत प्राप्त गरिएको रगतको  ल्याब परिक्षण शुल्क समेत व्यक्तिलेनै तिर्नु पर्छ । तर, तपाईँ काठमाडौँको उत्तर पूर्वी टोखा  नगरपालिका वासी हुनु हुन्छ भने तपाइलाई स्थानीय सरकारले ठुलै राहत दिने निर्याय गरेको छ ।

टोखा नगरपालिकाले आफ्ना नगर वासीलाई अब नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चारबाट रगत लिँदा लाग्ने रगतको ल्याब परिक्षण शुल्क नगरपालिकाले व्यहोर्ने भएको हो  । यस सम्बन्धी सम्झौता नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बीच भएको छ ।

सम्झौतामा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट  केन्द्रीय रक्तसञ्चारका कार्यकारी निर्देशक उपदेश प्रसाद ढकाल र टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि केन्द्रीय रक्तसञ्चारको कार्यकारी निर्देशक उपदेश प्रसाद ढकालले  रगत  जस्तो अमूल्य पदार्थ आफ्ना नागरिकलाई निशुल्क प्रदान गर्नु आफैमा ठुलो कार्य भएको र यस्तो कार्यको सुरुवात टोखा नगरपालिकाले गरेकोमा नगर प्रमुखलाई धन्यवाद दिएका थिए ।

सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले यो कार्यक्रम आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण सामाजिक कार्यक्रम भएको बताए टोखा नगरवासीले निशुल्क रगत प्राप्तगर्ने विश्वास व्यक्तगर्दै प्रमुखले मनमोहन अधिकारी सम्झिदै भने उहाँले सामाजिक कार्यक्रममध्येको सबैभन्दा राम्रो बृद्धभत्ताको सुरुवात गर्नु भयो मैले निशुल्क रक्त सेवा ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग