चुनाव हुन्छ तयारीमा जुट्नुहोस् : मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ

Categories:

-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलेले जेठ ५ गतेभित्र निर्वाचन भइसक्ने बताएका छन् । बुधवार  तारकेश्वर नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले जेठको पहिलो हप्ताभित्र स्थानीय चुनाव सकिसक्ने गरि तयारीमा सरकारी संयन्त्र परिचालन गरिएको बताए।

“निर्वाचन आयोगलाई विभिन्न शीर्षकमा बजेट तथा कर्मचारी उपलब्ध गराई सकेका छौ उनले भने ।”  अब स्थानीय चुनाव हुने पक्कापक्की भएकोले  निर्वाचनमा जुट्न स्थानीय प्रशासनलाई मन्त्रीले निर्देशन दिएका हुन् ।

श्रेष्ठले नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवन तथा भूकम्प पछि पुननिर्माण गरिएको धर्मस्थली लगायत क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहराले आगामी आर्थिक वर्षसम्ममा नगरपालिका नयाँ प्रशासनिक भवनमा सरिसक्कने मन्त्रीलाई जानकारी गराए ।

निरीक्षणमा  प्रमुख रामेश्वर बोहरा, उप प्रमुख भवानी डोटेल धिताल तथा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल लागयतको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य