31.1 C
Kathmandu
Saturday, June 15, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

नेपाल टेलिकमले ल्याएको फागु पर्व अफर, यस्ता छन् सुविधा

सम्बन्धित खबर

काठमाण्डौ। मुलुकभरि मनाइने फागु पर्वका अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ। यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ।

यो अफरअन्तर्गत रु. ६९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ। *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।

नेपालीको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैतेदसैँलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ।
यस अफरबाट सम्पूर्ण ग्राहक लाभान्वित हुने भन्ने कम्पनीको विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष