spot_img
8.1 C
Kathmandu
Thursday, January 16, 2025
spot_imgspot_imgspot_imgspot_img

जेलेन्स्कीले भने, ‘रुससँगको वार्ता अब अलि राम्रो लागिरहेको छ’

spot_img

-

काठमाडौं । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताको विषयमा बोलेका छन् । उनले रुससँग अब वास्तविक छलफल भइरहेको जानकारी दिएका छन् । उनले फेसबुकमा जनतालाई सम्बोधित गर्दै रुसमाथि जीतका लागि युक्रेनका सबै नागरिकको समर्थन आवश्यक भएको पनि बताएका छन् । यसमा रुससँग जुममार्फत् कुराकानी गरिरहेको समुह पनि समावेश छ ।

युक्रेनले आफू नेटोमा समावेश नहुने औपचारिक घोषणा गर्नुपर्ने रुसको दबाब छ । साथै, पूर्वी युक्रेनका पृथकतावादी विद्रोही क्षेत्र दोनेन्स्क र लुहान्स्कलाई स्वतन्त्र देशको रुपमा मान्यता दिनका लागि रुसले युक्रेनलाई आग्रह गरेको छ । दुुबै देशबीच लगातार वार्ता भइरहेको छ, जुन आज बुधबार पनि जारी रहेको छ ।

युक्रेनका प्रतिनिधि मिखाइल पोदलियाकले दुई देशबीच मौलिक अन्तर्विरोध रहेको तर सम्झौताका लागि धेरै ठाउँ बनेको बताएका छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग