6.1 C
Kathmandu

बाढीपीडितले मेलम्ची आयोजना आज बाट ठप्प गराउने

Categories:

-

सिन्धुपाल्चोक।मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् ।

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक अर्थात ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङले मानवीय साधनहरूको क्षति भएको भन्दै समस्या समाधान हुन नसक्नु दुःखद रहेको बताउदै चैत्र १ मंलबारबाट ठप्पै गराउने निर्णय गरेको बताए ।

हेलम्बु बाढीपिडित सरोकार समन्वय समितिका उपाध्यक्ष अर्जुन भण्डारीका अनुुसार “लामो समय देखि सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराएपनि कुनै निकायले वास्ता नगरेको ,जति ज्ञापन पत्र बुझाउदै आए पनि बाढीबाट प्रभावित क्षेत्रको समस्या समाधान नभएको, बाढी गएको ९ महिना बितिसक्दा पनि राज्यको ध्यान नपुगेको , राज्यको ध्यान नपुगेसम्म सबै काम बन्द गर्ने निष्कर्ष छ । ”

कार्यक्रममा सांसद शेरबहादुर तामाङ , नेकपा एमालेका पुर्व अध्यक्ष हस्त पण्डित, नेकपा एमालेको बाग्मती प्रदेशको सदस्य बालकूष्ण देउजा , मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल , वडाध्यक्ष लगाएतका जनप्रतिनिधिहरुको उपस्थितमा सो निर्णय भएको नेकपा एमालेको बाग्मती प्रदेशको सदस्य बालकृष्ण देउजाले बताए ।

यस अघि पनि समितिले विभिन्न माग अगाडि सादै चैत १ गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द गराउन बाध्य हुने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य