पोखरा । गण्डकी प्रदेशकाे राजधानी पाेखरामा जारी प्रेस चौतारीको ९ औँ महाअधिवेशनले अध्यक्ष गणेश बस्नेतलाई नै दाेहाेर्याउने भएकाे छ ।
संगठनमा आकांक्षी धेरै भएर विवाद भएपछि बिदा हुने साेचमा रहेका बस्नेतलाई दाेहाेर्याउन संस्थापन पक्ष तयार भएकाे हाे ।
अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, १० सचिव, १ काेषाध्यक्षसहित १७ पदाधिकारीमा महासचिवमा अध्यक्ष केपी ओलीकाे राेजाइमा चेतन अधिकारी परेपछि अरु आकांक्षी पनि रित्ताे हात घर फर्किने भएका छन् ।
बन्दसत्र केहीबेरमा शुरु हुँदैछ, अरु १५ पदाधिकारी पनि सर्वसम्मत बनाउने बुझिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्