29.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाककाे निरीक्षण

सम्बन्धित खबर

काठमाडाैं।प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाडाैं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

उनीहरुले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित बेसक्याम्प र सडकखण्डको कार्य प्रगतिबारे स्थलगत जानकारी लिएकाे जंगीअड्डाले जनाएकाे छ ।

निर्माणाधीन महादेवटार सुरुङखण्ड (प्याकेज १) र लेनडाँडा (धेद्रे सुरुङखण्ड (प्याकेज २)को हालको कार्यको निरीक्षण गर्नुका साथै ठेक्का सम्झौता बमोजिम लागत तथा समय सीमाभित्र रही गुणस्तरीय रुपमा तोकिएको समयमा नै निर्माणकार्य सम्पन्न गर्न प्रधानसेनापतिले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष