23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

सम्बन्धित खबर

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो ।

उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको स्रोतले जनाको छ।

घटनास्थलमा डिएसपीको कमाण्डका एक टोली पुगेको छ । ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र फरेन्सिक डाक्टरसहितको टोली पनि घटनास्थल जाँदै भन्ने खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष