22.1 C
Kathmandu
Saturday, November 2, 2024
spot_imgspot_imgspot_imgspot_img

एभरेष्ट अस्पतालले नारी दिवसको दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

spot_imgspot_img

सम्बन्धित खबर

काठमाडौं । नयाँ बानेश्वर स्थित एभरेष्ट अस्पताल प्रा ली ले यहि फागुन २४ गते नारि दिवसको दिन निशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्ने भएको छ । यसदिन अस्पतालले विशेष गरि स्त्री रोगसंग संम्बन्धित निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो ।

बरिष्ठ स्त्री रोग तथा निशन्तान विशेषज्ञ डा. जोत्सना शर्मा तथा ल्याप्रोस्कोपी सर्जन तथा निशन्तान विशेषज्ञ डा. राजनशाहर बेस्ट अनकोसर्जनडा. विकास शाहले स्तर क्यानसरको निशुल्क ओपिडी सञ्चालन गर्ने भएका छन् । यस सेवा २४ गते विहान १० बजे देखि साँझ७ बजे सम्म सञ्चालन हुनेछ ।स्त्री रोग तथा निशन्तान सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण र स्तन क्यान्सर सम्बन्धी सम्पूर्ण रोगको परामर्श जाचँ एवम ्उपचार गरिनेछ ।

नेपाली समाजमा दिन प्रतिदिन बाजोपन तथा स्त्री रोगको समस्या तथा स्तन क्यानसरको समस्या दिन प्रतिदिन बढ्दो देखिएकोले एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुख दिपकचन्द्र बरालले बताए ।
उनका अनुसार शिविरमा निशुल्क स्वास्थ्य परिक्षण र परामर्श साथै प्याप स्मेर जाँचगर्दा कुनै शुल्क नलाग्ने र अल्ट्रासउन्डमा ५० प्रतिशत र ल्याब टेस्टमा ३० प्रतिशतर अन्य अस्पतालले दिने सेवा समेत ३० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।
पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएको, पाठेघर निकाल्ने शल्याक्रिया, लगायत स्त्री रोग सम्बन्धीकुनै पनि समस्याभएका र उहाँहरुको ल्याप्रोस्कोपी सर्जरीबाट बाटै अप्रेशनगर्नु नै पर्ने अवस्था आएपनि यस शिविरको दिन ३० प्रतिशत छुटको व्यावस्था ल्याएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष