31.1 C
Kathmandu
Saturday, June 15, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

बैंकिङ कसुरमा दोषी ठहर भएका श्यामसुन्दर घिमिरे पक्राउ

सम्बन्धित खबर

काठमाडौं ।बैंकिङ कसुरमा दोषी ठहर भएका काभ्रे पाँचखाल–९ का ३६ वर्षीय श्यामसुन्दर घिमिरे पक्राउ परेका छन् ।

गत २८ मंसिर र २७ माघमा उच्च अदालत, पाटन ललितपुरले उनलाई बैंकिङ कसुरमा २६ लाख रुपैयाँ जरिवाना र आठ दिनको कैदको फैसला सुनाएको थियो ।

तर, फरार रहँदै आएका उनलाई आइतबार काठमाडौं जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष