काठमाडौँ । काठमाडौँको रामहिटी नजिक बाट ३ लाख ९७ हजार नगदसहित जुवा खालबाट १५ जना पक्राउ परेका छ्न ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा बिहिबार साँझ छ बजेको समयमा एक घरमा छापा मारेर प्रहरीले २ महिला सहित १३ जुवाडे पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग कपनले जानकारी दियो ।
रामहिटीका ७२ वर्षीय प्रेम बहादुर भण्डारीको घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर ३ लाख ९७ हजार नगदसहित जुवा खालबाट १५ जना पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग कपनकी प्रमुख इन्स्पेक्टर भगवती तिमिल्सिनाले बताइन् ।
प्रहरीले घटना स्थलबाट कौडा दाना थान १९ समेत नियन्त्रणमा लिएको उनले जानकारी दिइन् ।
कौडा खेली रहेको अवस्थामा जुवाको खालबाट पक्राउ पर्नेमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालकि वडा नं.०६ रामहिटी बस्ने बर्ष ७२ को प्रेम बहादुर भण्डारी (घरधनि) , जि.भोजपुर भोजपुर न.पा. वडा नं. वडा नं.०९ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं.३५ जरीबुटी बस्ने बर्ष ५२ को शन्तोष श्रेष्ठ, काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.३५ पेप्सिकोला बस्ने बर्ष ५५ को निर कुमार शर्मा, काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ०६ चुच्चेपाटी बस्ने बर्ष ४८ को रेशम बहादुर तामाङ, काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ०६ नयाँबस्ती बस्ने बर्ष ६३ को नकुल राई रहेका छन ।
यसै गरि जि.शंखुवासभा पाँचखपन नगरपालिका वडा नं.०१ स्थाई घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ०६ सरस्वतीनगर बस्ने बर्ष ४१ को भोला लिम्बु, काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ०७ चाबहिल बस्ने बर्ष ४९ को रिठे भुजेल, काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.०८ भंगाल बस्ने बर्ष ५० को हरीसुन्दर खड्का, काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.०६ तिनचुली बस्ने बर्ष ४३ को नैन कुमार लामा,
यसै गरि काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.०६ तिनचुली बस्ने बर्ष ४० को अनिल लामा, काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.०८ भंगाल बस्ने बर्ष ३३ को दिपक के.सी,. जि.रोल्पा सुबर्णमति गा.पा.०३ स्थाई घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१० सामाखुसी बस्ने बर्ष ३८ की कमला सिंह र जि.रोल्पा सुबर्णमति गा.पा.०३ स्थाई घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१० सामाखुसी बस्ने बर्ष ३० की सारदा सिंह रहेका छन् भने पक्राउ परेका दुइ महिलाको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।
पक्राउ परेकाविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ।

