spot_img
21.1 C
Kathmandu
Monday, June 23, 2025

प्रचण्डले भने– ओलीले एमसीसी जस्ताको तस्तै पास गर्न खोज्थे, मैले रोकेकै हो

-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता सम्झौता त्यही बेला एमसीसी जस्ताको तस्तै पास गर्न चाहेको बताएका छन् ।

११ बुँदे व्याख्यात्म टिप्पणीसहित आइतबार संसद्बाट एमसीसी पास भएको भोलिपल्ट प्रचण्डले खुमलटारमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । उनले ओलीले एमसीसीलाई जस्ताको तस्तै पारित गर्न खोजे पनि आफूले नमानेको बताए ।

“तत्कालीन नेकपा हुँदा ओलीजी सचिवालयमा अल्पमतमा थिए । तर, उनी एमसीसीलाई जस्ताको तस्तै पास गर्न चहन्थे,” उनले भने,“तर, हामीले कार्यदल बनाएर यसलाई संशोधन गरेर मात्रै लैजानुपर्छ भनेका थियौँ ।”

उनले ओलीले संकल्प या अरु कुनै जरुरी प्रस्ताव आवश्यक नभएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेको पनि दाबी गरे ।

“केपीजीले एमसीसीमा कुनै कुरा संशोधन आवश्यक छैन भनेका थिए,” उनले भने,“उनले देउवाजीलाई अक्षरसः पास गरौँ भनेका थिए तर हामीले नमानेकाले अघि बढेको थिएन ।”

उनले पछिल्लो समय एमसीसीमा राष्ट्रिय सहमति खोज्न आफूले नै प्रधानमन्त्री देउवालाई बालकोट पठाएको पनि बताए ।

प्रचण्डले एमसीसी सम्झौता संसद्बाट पारित भएसँगै गठबन्धन जोगिएको र अब सरकार पनि कायम रहने बताए ।

“यसलाई एउटा निकास दिइएको छ । निकास दिनु अगाडि राजनीतिमा के होला, के नहोला ? गठबन्धन नबच्ला ?, यो सरकार बच्ला या नबच्ला भन्ने थियो,” उनले भने,“अर्को समीकरण बन्ने हो कि भन्ने थियो । हिजोबाट आधारभूत र मूलभुत रुपमा अहिलेका लागि ति सबै अन्योलको अन्त्य भएको छ । गठबन्धन कायम रहन्छ । सरकार अघि बढ्छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग