काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् ।
दिउँसो १ बजे बस्ने संसद बैठकअघि प्रधानमन्त्रीसँग छलफल गर्न दाहाल, नेपाल र खनाल बालुवाटार पुगेका हुन् । आजको संसद बैठकमा एमसीसी सम्झौताबारे छलफल हुने तयारी छ ।
देउवालाई भेट्न बालुवाटार जानुअघि तीन नेताहरूबीच सिंहदरबारमा अनौपचारिक छलफल भएको थियो ।
प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग नगर्ने हो भने सरकारबाट बाहिरिन माओवादी र नेकपा एसलाई दबाब बढाएका छन् । माओवादी र नेकपा एस एमसीसीको विपक्षमा छन् ।