spot_img
12.1 C
Kathmandu
Saturday, February 8, 2025
spot_imgspot_imgspot_imgspot_img

नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

spot_img

-

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोकबाट नक्कली नेपाली नोटसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका-१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका-३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका-६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका-९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन् ।

उक्त स्थानमा नक्कली नोट १ हजार दरका २ सय ९४ थानको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग