काठमाडौं ।
काठमाडौंको बौद्धबाट प्रहरीले ‘युरेनियम’ जस्तो देखिने धातु सहित कारोबार गरेको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली र भारतीय नागरिक छन् ।
आरोपीहरुको साथबाट युरेनियम जस्तो देखिन ३ किलो धातु बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए ।
उनले भने, ‘सो धातु युरेनियम हो की होइन भन्ने पुष्टि भएको छैन्, पुष्ट्याईको लागि प्रयोगशालामा परीक्षण गर्न पठाउने तयारी भइरहेको बताइएको छ ।’
प्रतिक्रिया दिनुहोस्