Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान

भर्खरै

इलाम माघ २६
इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बुधबार सफल परीक्षण उडान गरिएको छ । विमानस्थलको धावामार्ग कालोपत्रे निमार्णको काम सम्पन्न भएपछि नेपाल बायुसेवा निगमको विमानले परीक्षण उडान गरेको हो । आउँदो फागुन ८ देखि नियमित उडान हुन लागेको बिमानस्थलमा सफल परिक्षण भएको छ ।
यस अघि तारा एयरको बिमानले कच्ची धावनमार्गमा गत २०७५ सालको जेठमा पहिलो पटक सफल परिक्षण गरेको थियो । ७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग सहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो । समुद्र सतहबाट एक हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्राय घाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त भएको बताइएको छ । यो बिमानस्थलले पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ, सिक्किम लगायतका बासिन्दाका लागि सहज हुने ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष