spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

प्रतिबन्धित ब्राउन सुगरसहित बुढानिलकण्ठबाट ३ जना पक्राउ

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौँ– महानगरीय प्रहरी प्रभाग कपनले प्रतिबन्धित ब्राउन सुगर २२.८ ग्राम सहित ३ जनालाई पक्राउ गरेको छ। सोमबार दिउँसो बुढानिलकण्ठ नगरपालिका १०, आकाशेधारा काठमाडौँमा लागुऔषध बिक्री वितरण हुन लागेको सूचना प्रहरीले प्राप्त गरेको थियो।

यही सूचनालाई आधार मानेर महानगरीय प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक दीपक रावतको कमाण्डमा खटिएको प्रहरी टोलीले पासाङ छिरिङ शेर्पालाई सडकमा शंकास्पद रुपमा फेला पारी खानतलासी गरेको थियो।

प्रहरीले शंकास्पद छिरिङको कोठाको पनि तलासी लिएको थियो, उक्त तलासीका क्रममा प्रहरीले ६ ग्राम ब्राउन सुगर फेला पारेको थियो।

प्रहरीले छिरिङसँग सोधपुछ गर्दा उक्त सामान साथी खगेस खत्रीको रहेको बताए। त्यसपछि छिरिङले दिएको ठेगानामा प्रहरीले खत्रीलाई खोजी गर्‍यो।

काठमाडौँ महानगरपालिका- ६ गोपीकृष्ण हल नजिक खत्रीलाई प्रहरीले पक्राउ गर्‍यो। सोधपुछका क्रममा खत्रीले तारकेश्वर नगरपालिका ११ को हिलेटोलमा कोठा भाडा गरी बस्ने तेञ्जिङ शेर्पाबाट किन्ने गरेको खुलाए।

खत्री र तेञ्जिङ साथी रहेको प्रहरीले जनाएको छ। खत्रीको सूचनाको आधारमा प्रहरी निरीक्षक भगवती तिमल्सिनाको नेतृत्वकाे टोली खत्रीलाई लिई तेञ्जिङको कोठामा पुग्यो। सोमबार राति ८ बजे तेञ्जिङको कोठाको तलासी लिँदा प्रहरीले १६ दशमलव ८ ग्राम ब्राउन सुगर बरामद गर्‍याे।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी प्रभागमा राखिएको छ। तीनै जना २५ वर्षभन्दा कम उमेरका छन्।

प्रहरीले बुढालिनकण्ठ नगरपालिका १० बस्ने २२ वर्षका छिरिङ, कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगर स्थायी घर भई हाल बुढालिनकण्ठ १०, आकाशेधारा कपन बस्ने २३ वर्षका खगेस र भोजपुरकाे साविक आर्खे गाविस ५ स्थायी घर भई हाल तारकेश्वर नगरपालिका ११ बस्ने २४ वर्षका मितेन भन्ने तेञ्जिङलाई नियन्त्रणमा लिएको हो।

उनीहरुकाे साथबाट १६.८ र ६ ग्राम ब्राउन सुगर, २ वटा डिजिटल तराजु, ६ वटा मोबाइल फोन पनि बरामद भएको प्रहरीले जनाएकाे छ। महानगरीय प्रहरी प्रभाग कपनले गएको माघ ११ गते झण्डै १० ग्राम ब्राउन सुगरसहित दुई जनालाई बुढानिलकण्ठबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग