Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

२ सय ९६ कार्टुन मदिरासहित कपन तथा आसपासबाट चारजना पक्राउ

भर्खरै

काठमाडौं । काठमाडौं २ सय ९६ कार्टुन मदिरासहित चारजना मदिरा कारोबारी पक्राउ परेका छन् । विभिन्न ब्राण्डका मदिराहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गरेको अभियोगमा उपत्यकाका कपन, रामकोट, बानेश्वरलगायत विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने पर्सा गादी गाविस ८ का ३९ वर्षीय सन्तोष चन्द्र बख्रेल, काठमाडौं कागेश्वरीमनहरा नगरपालिका ६ बस्ने ३० वर्षीय शैलेश पन्त, काठमाडौं हाँडीगाउँ बस्ने पर्सा सुवर्णपुर गाविस ५ ठेगाना भएका २८ वर्षीय रविन पाख्रिन र सर्लाही वरथहवा नगरपालिका ९ का ३८ वर्षीय नारायण प्रसाद घिमिरे रहेका प्रहरीले जनाएको छ ।

सन्तोष चन्द्र बख्रेल समेतका व्यक्तिहरूले विभिन्न ब्राण्डका मदिरा चोरी पैठारी गरी कारोबार गर्ने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष