spot_img
13.1 C
Kathmandu
Thursday, January 23, 2025
spot_imgspot_imgspot_imgspot_img

स्रोत नखुलेको ठूलो मात्राको रकमसहित अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरिया बाट पक्राउ

spot_img

-

काठमाडौँ। फ्लाई दुबइको उडान हुँदै काठमाडौँबाट दुबइ जान लागेका भारतीय नागरिक स्रोत नखुलेको ठूलो मात्राको रकमसहित पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा चेकजाँचक्रममा भारतीय नागरिक इसाक खान इब्राहिम खान विभिन्न देशका रकमसहित पक्राउ परेका हुन् ।

उनीबाट १५ हजार अमेरिकी डलर, ६ सय १० साउदी रियाल, ३६ ओमानी रियाल, ९ सय २० दिराम र २ हजार भारतीय रुपैयाँ बरामद भएका छ । खानलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजश्व अनुशन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग