22.1 C
Kathmandu
Saturday, November 2, 2024
spot_imgspot_imgspot_imgspot_img

हैबुङमा ढुंगाले किचेर एक्स्काभेटर चालकको मृत्यु

spot_imgspot_img

सम्बन्धित खबर

काठमाडौं । मेलम्ची नगरपालिका-३ हैबुङमा सडक खन्ने क्रममा ढुंगाले किच्दा एक्स्काभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका अन्दाजी ४५ वर्षका शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको स्थानीय वसन्त गुरुङले बताए ।

शनिबार दिउँसो साढे १ बजेको समयमा मेलम्ची नगरपालिका-३ स्थित माछा फार्म नजिकै सडक विस्तारको क्रममा माथिबाट खसेको ढुंगाले एक्स्काभेटर चालकलाई लागेको थियो ।

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । मृतक श्रेष्ठ हिजोमात्र एक्स्काभेटर चलाउन आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष