Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

आज मध्यरातिबाट सवारीसाधनमा जोर विजोर प्रणाली

भर्खरै

काठमाडौं । काठमाडौं उपत्यकाभित्र शुक्रबार मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरिएको छ ।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरिएको छ ।

‘जिल्लाभित्र जोर गते जोर र विजोर गते विजोर नम्बर प्रणालीमा सवारीसाधन सञ्चालन गर्ने’, जारी आदेशमा भनिएको छ ।

साथै लामो दूरीमा यात्रुको सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्नुपर्ने पनि भनिएको छ ।

सवारीसाधन प्रयोग गर्दा अनिवार्य मास्क, सेनिटाइजरको प्रयोग गर्न, सिट क्षमताभन्दा बढी यात्रु नचढाउन आदेश दिइएको छ ।

बिहीबार जारी गरिएको आदेशमा अर्काे सूचना जारी नभएसम्मका लागि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष